प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको दावी

काठमाडौं । सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको दावी गरेको छ।

प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उक्त जग्गा किनबेच नभएको प्रष्ट पारेका हुन् ।

मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको बताए ।

सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको पनि भन्दै उनले नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार