नेपालको फराकिलो जित्, विश्वकप छनोट सम्भावना भने न्यून

काठमाडौँ । मलेसियामा जारी आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ। प्रतियोगितामा नेपालको यो तेस्रो खेलमा दोस्रो जित समेत हो ।

बायुमास रंगशालामा टस हारेर ब्याटिंग गर्दै मलेसियाले दिएको ९३ रनको झिनो लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ओपनर रित गौतमले अविजित ३९ रन तथा आसिफ शेखले २६ रनको योगदान गरे ।

झिनो स्कोर पछ्याउने क्रममा नेपालले उत्कृष्ट सुरुवात गर्यो । पहिलो विकेटका लागि ओपनर पवन सर्राफ र रित गौतममात्र ५.४ ओभरमा ४२ रन जोड्न सफल रहे । प्लेयर अफ दि म्याच समेत चुनिएका पवन १४ बलमा २ चौका र १ छक्का सहित १९ रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए ।

पवनको विकेट पश्चात ब्याटिंगमा आएका आसिफ शेखले रितसंग दोस्रो विकेटका लागि आक्रामक ब्याटिंग गर्दै ४६ रनको साझेदारी गरे । जितका लागि मात्र ५ रन बाँकि रहंदा आफ्नो विकेट गुमाएका आसिफले १८ बलमा ३ चौका र १ छक्का सहित २६ रन जोडे ।

अन्त्यमा कप्तान रोहित पौडेलले आफुले सामना गरेको पहिलो बलमानै छक्का प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए । रोहित १ बलमा ६ रन जोड्दै अविजित रहंदा रित गौतमले ४५ बलमा ५ चौका सहित अविजित ३९ रन जोडे ।

मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट

विश्वकप छनोटको सम्भावना कठिन

५ टोलि सहभागी प्रतियोगितामा नेपालको विश्वकप छनोटको सम्भावना कठिन बनेको छ । नेपाललाई छनोट सम्भावना कायम राख्न नेपालले  प्रतियोगिताको बाँकी सबै खेल जितेर मात्र हुँदैन, अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ ।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो । वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ ।

प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार