कालिकास्थानमा प्रथम कालिका कप हुने

रसुवा । रसुवामा ‘प्रथम कालिका कप जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता कालिका युवा क्लवले आयोजना गर्ने भएको हो ।

जिल्लाको कालिका गाउपालिका-२ कालिकास्थानस्थित कालिका हिमालय क्याम्पसको प्राङ्गणमा बैशाख १० देखि १४ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगीतामा सहभागी हुन् इच्छुक टिमले बैशाख ५ देखि ९ गतेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । त्यसैगरी टिम दर्ताका लागि दुइ हजार दस्तुर लाग्नेछ ।

प्रतियोगिताका विजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र, उपविजेताले ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र तृतीय हुने टिमले २० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।

जिल्लाभरबाट कूल १५ टिमले प्रतिष्पर्धा गर्ने अनुमान गरिएको प्रतियोगिता जिल्लाको दाेस्राे सदरमुकामकाे रूपमा परिचित कालिकास्थानमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हुने अध्यक्ष न्यौपानेले बताए ।

प्रतियोगितामा विभिन्न बिधाका उकृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यसैगरी क्लवले ४० वर्ष माथिको खुल्ला पुरुष दौड प्रतियोगिता समेत आयोजना गर्न लागेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार