रसुवा स्वर्गको टुक्रा – उपराष्ट्रपति पुन

रसुवा । उपराष्ट्रपति नन्द बहादुर पुनले प्राकृतिक सम्पदाको उचित सम्बर्द्धन गर्न सके त्यसैबाट मुलुकले सम्बृद्धि हासिल गर्ने बताएका छन् । नेपाल-चीन व्यापारिक नाका रसुवागढी नाका र नजिकैको रसुवागढी जलबिधुत आयोजनाको अवलोकनका लागि सोमबार रसुवा पुगेका उपराष्ट्रपति पुनले त्यहाँ आयोजित एक कार्यक्रममा बोल्दै रसुवालाइ स्वर्गको टुक्राको उपमा दिए ।

उपराष्ट्रपति पुनले प्राकृतिक र सांस्कृतिक विविधताले सम्पन्न सुन्दर हिमाली जिल्ला रसुवालाई स्वर्गको टुक्रासंग तुलना गरे यहाँको कला, संस्कृति र सम्पदा देखर आफू लोभिएको भन्दै उनले यसको जगेर्ना गर्नु जरुरी रहेको बताए ।

‘जल, जडिबुटी र सांस्कृतिक विविधताले भरिएको रसुवा स्वर्गको टुक्रा हो, यसको उचित प्रयोग गर्न सक्ने मुलुकले ठुलो फाइदा लिनसक्छ’, उपराष्ट्रपति पुनले भने । याहाँको जलसम्पदालाई जलविद्युत आयोजनामा रुपान्तरण गर्नसके देश विकासमा ठुलो टेवा पुर्याउन सकिने भन्दै उनले जलबिद्युत आयोजना निर्माणमा चिलिमे लगायतका आयोजनाहरुलाई एउटा मोडलको रुपमा विकास गर्न सकिने बताए ।

प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले सम्पन्न रसुवा पर्यटकीय महत्वका दृष्टिले समेत उत्कृष्ट जिल्लाका रुपमा रहेको भन्दै उनले त्यसको प्रवर्द्धन गरिनु पर्नेमा जोड दिए । रसुवा प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेकाले यसको प्रचारप्रसार गर्न सके नेपालकै उत्कृष्ट  पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार