वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
६० वर्षीय श्रेष्ठको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष समेत रहनुभएका स्व। पुष्करलाल श्रेष्ठले प्रेस काउन्सिल, राष्ट्रिय समाचार समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, न्यूनतम पारिश्रमिक निर्धारण समिति लगायतका संस्थामा विभिन्न भूमिका खेलेका थिए  ।
श्रेष्ठ पत्रकारिताका प्रशिक्षक समेत हुन् । नेपाल समाचारपत्र दैनिक र कामना तथा साधना पत्रिकाहरु श्रेष्ठकै नेतृत्वमा प्रकाशनमा आएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार