विप्लव समूहसंग राजनीतिको मूलधारमा आउनुको विकल्प छैन- गृहमन्त्री

मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

हेटौंडामा हिजोदेखि जारी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा पुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्दै विप्लव समूहसंग राजनीतिको मूलधारमा आउनुको विकल्प नभएको दावी गरे ।

विप्लव समूहले कानून विपरितका गतिबिधि संचालन गरेका कारण प्रतिबन्ध लगाइएको गृहमन्त्री थापाले स्पष्ट पारे ।

गृहमन्त्री थापाले अपराध नियन्त्रण र गुण्डागर्दीलाई नियन्त्रणक लागि  सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले प्रहरी ऐन आइनसकेका कारण प्रदेश र केन्द्र सरकारका बीचमा केही समस्या जस्तो देखिए पनि छिट्टै समाधान हुने जानकारी दिए ।

हेटौंडामा जारी सुरक्षा गोष्ठीमा प्रदेश तीनका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहित उच्च सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार