भ्रष्टाचारको आरोपपछि आत्महत्या

पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

आफ्नै घरमा उनले बुधबार टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन् । उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन् ।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन् ।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैले  गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।’ –एएफपी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार