सबैतिर सन्दीपको चर्चा, यसरी गरेका थिए उनले क्रिस गेललाई आउट (हेर्नुस् भिडियो)

काठमाडौं । इन्डिएन प्रिमिएर लिग (आइपिएल) अन्तर्गत शनिवार दिल्ली क्यापिटल्स र किंग्स एलेभेन पन्जावबीच भएको खेलमा नेपाली गुग्लीव्य सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । अघिल्ला तीन खेलमा अन्तिम ११ मा पर्न नसकेका सन्दीपले पन्जावविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीका लागि आफू महत्वपूर्ण खेलाडी भएको प्रमाणित गरेका छन् ।

सन्दीपले पन्जावका दुवै ओपनरलाई पेभेलिएन फर्काए । पहिलो ओभरमै ओपनर लोकेश राहुललाई आउट गरेका उनले दिल्लीका लागि खतरनाक सावित भैरहेका अर्का ब्याट्सम्यान क्रिस गेललाई आउट गरेका हुन् । आफ्नो दोस्रो ओभरमा लगातार चार चौका प्रहार गरेका गेललाई सन्दीपले आफ्नो तेस्रो ओभरको दोस्रो बलमा सीमा रेखामा क्याच आउट गराए ।

यो ओभरको पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरेका थिए । दोस्रो बलमा आउट भए । सन्दीपले यहि ओभरको अन्तिम बलमा अर्का उत्कृष्ट लयमा रहेका ब्याट्सम्यान साम कुरनलाई आफैले क्याच गर्दै आउट गरे ।

अन्य खेलको तुलनामा केहि महँगो देखिए पनि सन्दीपले महत्वपूर्ण समयमा विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ४० रन दिएर ३ विकेट हात पारेका छन् । निकै लयमा रहेका गेललाई आउट गरेपछि सन्दीप उत्कृष्ट प्रदर्शनको यतिबेला सबैतिर चर्चा भैरहेको छ ।

हेरौ सन्दीपले कसरि लिए विश्वविख्यात ब्याट्सम्यान क्रिश गेलको विकेट

ingram-axar-s-perfect-relay-catch

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार