रसुवागढीको आइपिओ भर्ने म्याद थपियो, कहिलेसम्म दिने आवेदन?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले चैत्र ६ गतेदेखि १० गतेसम्मका लागि बिक्री खुल्ला गरेको शेयर आवेदन दिने म्याद थप गरेको छ ।

कम्पनीले यसअघी चैत्र ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सफ्टवेरमा समस्या आएका कारण लगानीकर्तालई आवेदन दिन कठिनाइ भएको गुनासो आएकाले म्याद थप गरिएको जानकारी दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै कम्पनीले  सिडीएसएलको सफ्टवेरमा समस्या उत्पन्न भई सेयर आवेदन दिन नसकिएको भनि सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा गुनासो गरेको र धितोपत्र बोर्डको निर्देशन अनुसार चैत्र १२ गतेसम्म आवेदन दिन पाउने गरि समयावधी थप गरिएको जानकारी गराएको छ ।

साथै कम्पनीले शेयर निष्कासन कार्यमा संग्लग्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा वित्तीय संस्थाहरुलाई चैत्र १२ गतेसम्म शेयरका लागि दरखास्त बुझिदिन आग्रह समेत गरेको छ ।

रसुवागढीले १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो ।

रसुवामा निर्माणाधीन रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार