प्रजिअ भण्डारीको पहिलो कदमै सुन बरामत

रसुवा । रसुवागढी नाका सञ्चालनमा आएदेखि यो नाकाबाट सुन तस्करी भइरहेकाे छ । यसको पछिल्लो उदाहरण बैशाख १० गते स्याउ बोक्ने कन्टेनरबाट ७ किलो सुन बरामत हुनु हाे ।

केरुङ्गबाट स्याउ बोक्ने गाडीले सुन पनि ल्याउनुले यो कुरालाई स्पष्ट गर्छ कि यहाँ सञ्चालित अरु विभिन्न प्रकारका गाडीहरु यसमा स‌ंलग्न हुन सक्छन् ।

यसअघिका सुनहरु बरामत नुवाकोट काठमाडाैँ पुगेर पनि भएका छन् । जसक्रममा रसुवाका मात्र पासाङ् ल्हामू राजमार्गमा रहेका नाै वटा चेक जाँच पोष्टहरु पार गर्नु पर्छ ।

चैत्र २९ गते जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी र डिएपी सन्तोष तामाङले  अनुसन्धान पद्धतिलाई प्रभावकारी बनाउन खोजेकाे बुझिन्छ । यस पटकको बरामत टिमुरेमा नै हुनु अनुसन्धान राम्रो भएको मान्नु पर्छ ।

गैरकानुनी क्रियाकलापविहीन नाका बनाउदै व्यापार गर्नु समग्र रसुवाकाे आर्थिक भविष्य सुनिश्चितताको आधार भएकोले सबै सचेत हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार