जिउँदै जलाइएकी युवतीको उपचारको क्रममा मृत्यु

काठमाडौं । सिराहमा जिउँदै आगो लगाएर जलाइएकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । पति र सासूले जिउँदै जलाएर घाइते भएकी मण्डलको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कल्याणपुर नगरपालिका–८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या प्रयास थिए ।

कन्चनको शरीर ५० प्रतिशत जलेको थियो । उनी जीवन र मरणसँग करिब १२ घण्टा लडिरहिन् । शुक्रबार साँझ पाँच बजे उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो ।

श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार