श्रीलंका आक्रमणका मुख्य नाइके मारिए

एजेन्सी । गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य नाइके मारिएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत आइतवार २५३ जनाको मृत्यु हुने गरी भएको आत्मघाती बम विस्फोटका मुख्य नाइके मानिएका जाहरन हास्इमको मृत्यु भएको बताएका छन् ।

साङ्ग्रीला होटलमा आक्रमणका क्रममा स्थानीय लडाकू समूहका नाइके हास्इमको मृत्यु भएको सिरिसेनाले बताएका हुन् । उनलाई इलहाम इब्राहिम नाम गरेका दोस्रो आत्मघाती आक्रमणकारीले सहयोग गरेको बताइएको छ ।

सो सूचना घटनास्थलको सिसिटिभि भिडियो र सैन्य गुप्तचर एजेन्सीहरुको सूचनामा आधारित भएको सिरिसेनाले बताएका हुन् । नेशनल थोहिथ जमात नामक उक्त संस्थाले नै आक्रमण गराएको भन्दै श्रीलंकाली सरकारले हसिमको तीव्र रुपमा खोजी भइरहेको बताएको थियो ।

इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गर्दै जारी गरेको भिडियोमा हसिमसमेत देखापरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार