मेस्सीलाई थाहा नभएको उनकी श्रीमतीको ब्वाइफ्रेन्ड !

एजेन्सी । विश्वका चर्चित फुटबलर अर्जेन्टिनी लियोनल मेस्सी र उनका श्रीमती एन्टोनेला रोकुजो सानैदेखिका साथी हुन् । उनीहरुले एक अर्कालाई १० वर्षको उमेरदेखि चिन्दछन्। मेस्सी र एन्टोनेलाका बाल्यकालदेखिका फोटोहरु समेत छन् ।

मेस्सीले १०–११ वर्षको हुँदा नै रोकुजालाई प्रेमपत्र लेखेका थिए। उनले भविष्यमा आफूहरु श्रीमान–श्रीमती हुनपर्छ भनेका थिए । बाल्यकालको सपना यतिबेला पुरा भइसकेको छ। दशकौंसम्म सँगै रहेका उनीहरुले सन् २०१७ मा औपचारिक विवाह गरे ।

मेस्सी र एन्टोनेला

उनीहरु बाल्यकालमा पनि सँगै थिए । अहिले पनि सँगै छन् । उनीहरु विश्वका चर्चितमध्ये एक जोडी हुन् । दुवै यतिबेला ३१–३१ वर्षका भए । उनीहरुको ३ वटा छोरा छन् ।

यो भन्ने गरिन्छ कि मेस्सीले एन्टोनेला बाहेक अन्य महिलालाई कहिल्यै प्रेम गरेनन्। एन्टोनेलाले मेस्सी बोहक अन्य पुरुषलाई कहिल्यै प्रेम गरेनन् ।

तर मेस्सीसँग प्रेममा रहँदा पनि एन्टोनेला अर्को प्रेम सम्बन्धमा परे । सन् २०१७ मा एन्टोनेलाका पूर्व प्रेमीले यसबारे सन् २०१७ मा बोलेका थिए । उनले आफ्नो नाम भने सार्वजनिक गरेनन् ।

तर पछि उनको र मेस्सी पत्नीको फोटो भने अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा सार्वजनिक भएका थिए । जब मेस्सी स्पेनको बार्सिलोनामा आफ्नो भविष्य खोज्दै पुगेका थिए, त्यसबेला एन्टोनेला अर्का पुरुषसँग घुम्न र रम्न थालिन् ।

एन्टोनेलाको यस प्रेम सम्बन्धका बारेमा भने मेस्सी बेखबर छन् । एन्टोनेलाले मेस्सी नहुँदा उनलाई साथीमात्र बनाएको बताइन्छ । यद्यपी ती पुरुषले भने एन्टोनेलाई साँच्चै प्रेम गरेका थिए ।

फेरि मेस्सी अर्जेन्टिना फर्किएपछि भने एन्टोनेलाले ती पुरुषलाई कहिल्यै भेटेनन् । मेस्सीमै आफ्नो ध्यान केन्द्रित गरिन् । ती पुरुषले भनेका छन्,‘उनले कुनै बुढा मान्छेसँग त विवाह गरिनन् । ठिक छ, उनले मलाई मेस्सीका लागि छाडिन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार