निन्द्रा नलाग्ने समस्या छ ? सावधान ! यस्ता खतरनाक समस्या आउनसक्छ !

एजेन्सी । अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।

यस्ता छन् अनिन्द्राका कारण शरीरमा देखिने समस्या :

१) अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ ।

२) अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटुसम्बन्धी रोगको खतरा पनि बढेर जान्छ ।

३) निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ । यसका कारण मानसिक तनाव उत्पन्न भई पाचन प्रक्रिया पनि धिमा हुने समस्या निम्तिन जान्छ ।

४) अनिद्राका कारणले स्मरण शक्तिमा पनि कमी आउँछ । यसका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

६) अनिद्राको समस्या भएमा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने र काममा मन नजानेलगायत समस्या हुन्छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार