महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन ?

काठमाडौँ । महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो । धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन् । महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ ।

यो समयमा महिलाहरुले खानपान लगायत धेरै कुरामा ख्याल राख्नु पर्दछ ।

यौन सम्बन्ध
महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन । किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ ।

महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने कतिपयको सोचाइ छ । तर विभिन्न संक्रमणबाट जोगिन महिनावारी भएको समयमा यौन सम्बन्धबाट टाढै रहनु पर्छ ।

भोकको बेवास्ता
महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय फलफूल तथा पोषणयुक्त खाना खाइरहनु पर्दछ ।

कडा शारीरिक श्रम
महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ, त्यसकारण यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन ।

प्याडको प्रयोग
महिनावारीका बेला हरेक ३–४ घण्टामा प्याड परिवर्तन गर्नु पर्दछ । यदि प्याडको साटो कपडा प्रयोग गर्ने गरेमा सकेसम्म सुतीको कपडा मात्र प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गर्नु पर्दछ । यसले संक्रमणबाट जोगाउनुका साथै दुर्गन्धबाट पनि टाढा राख्न मद्दत गर्दछ ।

कसिलो कपडा
महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन । यो बेला सकेसम्म सुतीको, हलुका अनि खुकुला लुगा कपडा लगाउनु पर्छ । किनकी यस्ता कपडा लगाउँदा हावा पास हुने गर्छ र शरीरमा चिड्चिडापन हुन दिदैँन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार