नेपालमा पहिलो पटक बर्डफ्लुबाट एकजनाको मृत्यु

काठमाडौं स् नेपालमा पहिलो पटक बर्डफ्लु ९एच छ एनज्ञ० बाट मानिसको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमा २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको छ । मानिसमा संक्रमण भएको यो पहिलो घटना हो ।

ज्वोरी र खोकीको लक्षणसहित बिरामी भएका ती युवकको बर्डफ्लु (एच 5 एन1) को संकम्रणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन् ।

डा. चौधरीका अनुसार उक्त विरामीको उपचारका क्रममा स्वास प्रश्वासमा समस्या भइ चैत्र १५ गते मृत्यु भएको हो ।

ती युवकको घाँटीको र्‍याल परीक्षण गर्दा नेपालमा भाइरसको प्रकार एकिन गर्न नसकेपछि नमुना परीक्षणका लागि जापान पठाइएको थियो । परीक्षणमा इन्फ्लुन्जा (एच 5एन1) को संक्रमण भएको नतिजा वैशाख १७ गते प्राप्त भएको थियो ।

यो घटनापछि मन्त्रालयले विश्व स्वास्थ्य संगठनलगायत विभिन निकायमा विवरण पठाउँदैछ । एच 5एन1 को संकम्रमण फैलिन नदिन निगरानीलाई सतर्कता बनाइने र संक्रमणको सम्बन्धमा विस्तृत अध्ययन गरिने स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार इन्फ्लुन्जा विरुद्धको ‌औषधि सेवन गरिरहेको बेला ती युवकको स्वास-प्रश्वासमा समस्या भइ मृत्यु भएको हो । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार