देउवा र पौडेलमाथि छानविन हुने

  • सरकारी सम्पत्ति संरक्षणका लागि अभियान सुरु
  • काठमाडौँ । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जो भए पनि कारवाही गर्ने प्रष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारवाही गरिने प्रष्ट पारेका हुन् ।

    व्यक्तिका नाममा दर्ता भएको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई क्षतिपूर्ति नदिइने समेत मन्त्री बाँस्कोटाले जानकारी दिए । ठुला नेताको नाम जोडिएकाले छानविन प्रभावित हुन्छा कि भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा बाँस्कोटाले दोषी पाइए नेकपा महासचिव विष्णु पौडेलदेखि देउवासम्मलाई कारवाही हुने जवाफ दिए ।

    ललिता निवासको जग्गा प्रकरणको विषय कसैप्रति रिसइवी साध्ने तरिका उठेको नभई सुशासन र सरकारी सम्पत्तिको रक्षा भित्र पर्ने भन्दै मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणले देखाउँछ भने कसैलाई पनि छुट दिन नसकिने प्रष्ट पारे ।

    मन्त्री बास्कोटाले सरकारको जग्गा किर्ते कागजमार्फत व्यक्तिको नाममा नामसारी गर्ने धन्दामा लाग्ने गिरोहलाई कारबाही गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे । ‘जोजो धन्दामा थिए, ती गिरोह कोही पनि बच्ने छैनन्, छानबिन प्रक्रिया अघि बढिसकेको छ ।’ उनले भने ।

    उनले कुनै नेता विशेष वा शहिदको योगदानलाई सम्मान र स्मरण गर्न सकिने तर उनीहरुका सन्तानलाई सरकारी सम्पत्ति दुरुपयोग गर्न दिइन नसकिने स्पष्ट पारे ।

    सरकारले बालुवाटार र टुडिखेलपछि जनकपुर र सिरहामा सरकारी सम्पत्ति संरक्षणका लागि ‘एक्सन’ अघि बढाइसकेको जानकारी दिँदै यसलाई देशभर अभियानकै रुपमा अघि बढाउन लागिएको बताए ।

     

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार