जिसस रसुवाले बाढ्यो राहत

रसुवा । जिल्ला समन्वय समिति रसुवाले हावाहुरी पीडितलाई राहत सामग्री बितरण गरेको छ ।

गत बैशाख ३ गते आएको हावाहुरीका कारण घर टहरा उढाएपछि उत्तरगया गाउँपालिका वडा नं. ५ मा बस्दै आएका १४ घरधुरी प्रभावित भएका थिए ।

हावाहुरीका कारण भत्किएको घर टहरा पुनर्निर्माण गर्नका लागि प्रत्येक घरधुरीलाई १२ फुटे १२ थान गरी २ बण्डल जस्ता वितरण गरेको जानकारी जिल्ला समन्वय समितिका गणेश रेग्मीले बताए ।

वितरित राहत सामग्रीले पीडितहरुमा केही सहयोग पुग्ने विश्वास लिएको समन्वय समितिका प्रमुख कूल प्रसाद भट्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार