प्रजिअ भण्डारीका पहल

रसुवा । रसुवामा प्रजिअ अर्जुन भण्डारीको आगमनसँगै सार्वजनिक सरोकारको विषयमा पहल सुरु भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा विभिन्न समस्याहरुको समाधानका लागि सरोकारवालाहरुबीच  बैठक सम्पन्न भएको छ ।

रसुवागढी नाकालाई व्यवस्थित बनाउन गोसाईकुण्ड गाउँपालिका अध्यक्षको संयोजकत्वमा सात सदस्यीय समिति समेत बन्ने भएको छ । जसमा राजनीतिक दलबाट प्रतिनिधित्व रहनेछ ।

हाल टिमुरेमा ट्रक कन्टेनर पार्किङ गर्न अस्थायी स्थलको खोजी गर्ने, ट्रक र व्यवसायीबीच रहेको अव्यवस्थित प्रतिस्पर्धा एवम् पहुँचवालाको बर्चस्व रहेको भन्ने गुनासो व्यवस्थापन गर्ने गरी समितिले काम गर्ने छ ।

सडकहरु समयमै मर्मत सम्भार नहुने, जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय/सडक आयोजनाले गुनासो पनि नसुन्ने, धेरै खाल्टा खुल्टीका कारण साना सवारी साधन प्रयोगमा कठीनाइ र वर्षायामले सडक बिगार्न सक्ने सम्भावना रहेको रसुवामा यी समस्याको समाधान गर्न प्रजिअ अर्जुन भण्डारीकाे स‌ंयोजकत्वमा गाउँपालिका अध्यक्षसहितले पहल गर्ने सहमति भएको छ ।

यी लगायत अरु समस्याको पनि समाधानमा आफू लागिरहेको भन्दै प्रजिअले भने सार्वजनिक यातायातमा रहेका समस्यालाई समाधन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति बनेकाे छ ।

सवारी साधनमा आवश्यकभन्दा बढी यात्रु राख्ने, भाडा अनुसारको सेवा सुविधा उपलब्ध नगराउने, विशेष सहुलीयत र छुट नदिने, यात्रुबाट जथाभावी भाडा असुल्नेलगायतका समस्या समाधन गर्न लागिएको छ । सरोकारवाला सबैले सहयोग गरी समाधान गर्नु पर्ने हुँदा सबै सचेत हुन पर्ने प्रजिअको भनाई छ ।

मंगलबारको बैठकमा मादक पदार्थ सेवन नियन्त्रण, बजार केन्द्रित सरसफाइ अभियान र खोज तथा उद्दार जनशक्ति सम्बन्धमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार