मेलम्ची समस्या समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी जसरी भए पनि काठमाडौं ल्याइने दावी  गरेका छन् । यद्यपी उनले मेलम्चीको पानि काठमाडौँ ल्याउन सजिलो भने नभएको बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम महाधिवेशनको शुक्रवार उद्घाटन गर्दै प्रचण्डले सरकारले बलियो हात नचलाई मेलम्चीको पानी आउन कठिन रहेको स्पष्ट पारे ।

प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेरै भए पनि मेलम्चीको पानी राजधानीबासीको घरघरमा पुर्याउने दृढता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरुनै लागेको भन्दै त्यसकाविरुद्ध सरकाले कठोर कदम चाल्ने चेतावनी दिए ।  उनले भने, ‘म आफै पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं ।’

मेलम्ची ल्याउन प्रधानमन्त्री र मन्त्रीको तत्परतामा कुनै शंका नरहेको प्रचण्डको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार