प्रस्तावित विद्येयकले पत्रकारलाई सुरक्षित गर्छ : मन्त्री बाँस्कोटा

रसुवा । सरकारका प्रवक्ता एवम् संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसद्मा दर्ता भएको विद्येयको बारेमा अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

शनिवार धुन्चेमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं प्रदेशको भेला तथा गोसाईकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ को कार्यक्रममा  सरकारले संविधानको मर्म र भावना अनुरुप काम गर्ने तथा पत्रकारको न्युनतम पारिश्रमिक जसरी पनि लागू गरिने  बताउँदै समानुपातिक बिज्ञापन नीतिले मिडियाहरू सुरक्षित हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रसुवा शाखाले मन्त्री बाँस्काेटा समक्ष बुझाएको मागपत्रप्रति लक्षित गर्दै संसदमा दर्ता भएको नयाँ विधेयकका सम्बन्धमा यो विधेयक पत्रकार र मिडियाको आर्थिक पृष्ठभूमि बलियो बनाउन, हरेक पत्रकारहरुले न्युनतम पारिश्रमिक प्राप्त गर्ने स्थितिका लागि संसदमा पेस भएको हुँदा सरोकारवालाहरूसँग आवश्यक सुझावको समेत अपेक्षा गरिएकोमा जोड दिए ।

नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारको लागि सञ्चार मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको समेत बताउँदै सञ्चार माध्यमलाई आर्थिक रूपमा सक्षम बनाउन, न्यूनतम पारिश्रमिक अनिवार्य लागू गराउन, ठगीमाथि नियन्त्रण गर्न, मिडियालाई पारदर्शी बनाउन सरकार लागेकोले न्यूनतम पारिश्रमिक कुनै पनि हालतमा कानूनमा व्यवस्था भएअनुसार दिनुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले शनिवार नै स्याफ्रुमा गाउँपालिकास्तरीय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गरी रसुवागढीनाका, रसुवागढी चिलिमे जलविद्युत केन्द्रको समेत अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार