एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड

काठमाडौँ । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित ब्यूरो कार्यालयमा तोडफोड भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर-११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा सोमबार दिउँसो मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेको बताइएको छ ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वातामा आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वातामा प्रस्तोतासँग चर्काचर्की भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि त्यसको  विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको हुनसक्ने आसंका गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार