चीनबाट रेल आउने कुरा सपना होइन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने बताएका छन् । उनले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको समेत स्पष्ट पारे ।

विभूति सीता जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट दशैँभित्रै बन्न जरुरी रहेकोमा पनि जोठ दिए ।

नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको प्रचण्डको भनाइ छ ।

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्ति पीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार