शीर्ष नेताको हत्या योजना बजारको हल्ला मात्रै : विप्लव

काठमाडौं । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् ।

भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको विप्लवले दाबी गरे ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ ।

दलाल पुँजीपति वर्गले मुलुकको आर्थिक, राजनीतिक, सांस्कृतिक, बजार, जमिन, शिक्षा, स्वास्थ्य कब्जा गरेर देशलाई टाट पल्टाउँदै लागेको र आफूहरु त्यसको अन्त्यका लागि क्रान्तिको मार्गमा रहेको उनले बताए ।

राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । उनले भने, ‘यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ । यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरूलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ।’

यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार