घूस खाएको आरोपपछि मन्त्रालयमा लफडा, मन्त्रीकै अगाडी नीजि सचिवमाथि हातपात

काठमाडौँ । कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रालयमा लफडा भएको हो ।

मन्त्रालयमा होहल्ला भएपछि कार्यकक्षमा रहेका मन्त्री यादव बाहिर निस्केका थिए । मन्त्री यादवले के भयो किन झगडा गरेको भन्दै पुगेका थिए । त्यसपछि करिब ७/८ जनाको संख्यामा रहेका कर्मचारीहरु भागभाग गरेका थिए ।

मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार