कञिङ छ्योईखोर्लिङ गुम्वा तथा सर्वकल्याणेश्वर मन्दिरको इतिहास

ल्हाक्पा तामाङ

नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुभाषी भएको देश हो । यहाँ १२३ जात जाति र ९२ भाषाभाषी रहेको छ । यस देशको भौगोलिक धरातललाई हेर्ने हो भने हिमाल, पहाड र तराई मिलेर बनेको छ । जसलाई बोईह्यूल, बेईह्यूल र वलह्यूल भनिन्छ । नेपाल धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण देश हो । जस्तै गोर्साकुण्ड, पार्वतीकुण्ड, भैरवकुण्ड, बौद्धनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, हलेसी महादेव, पशुपतिनाथ, दक्षिणकाली आदि रहेका छन् ।

समय परिवेश अनुसार काठमाडाँै जिल्ला तारकेश्वर न.पा. वडा नं.२ स्थित भेडीगोठको ढप्पुचौरमा मिति २०७५ साल वैशाख १ गतेदेखि स्थलगत अध्ययन गरी चार महिनाको अन्तरालमा कञिङ छ्योईखोर्लिङ गुम्वा/मन्दिर २०७५ साउन २८ गते वैधानिक रुपमा तारकेश्वर वडापालिकामा दर्ता भएको छ । जसको दर्ता नं. ४/०७५/०७६ रहेको छ ।

यस गुम्वा तथा मन्दिरको नामको शाव्दिक अर्थ प्राचीन धर्म चक्र द्विप हुन्छ । नेपालमा सनातन वैदिककालदेखि बौद्ध र हिन्दू एक अर्कामा परिपूरक छन् । हामी दुबै थरी ॐ बाट नै सुरुवात गर्छाै । जस्तै ॐ नम् शिवाय र ॐ मणि पद्मे हुँ । बौद्ध र हिन्दू धर्मको मूलभूत उद्देश्य भनेको आफ्नो वैदिक सनातनदेखि मान्दै आएको धर्मलाई संरक्षण गर्दै समाजलाई नैतिक चरित्रवान, राष्ट्र भक्ति, देश भक्ति मातापिता र गुरुलाई आदर सत्कार गर्ने, गुरु ब्रम्हा, गुरु विष्णु र गुरु महादेव यसरी पुकार गरिन्छ । र समाजमा शान्ति अमन चयन कायम गर्नु यसको उद्देश्य रहेको छ ।

हालसम्म यस तारकेश्वर न.पा. भित्र कुनै पनि गुम्वा, मन्दिर र किरियापुत्री भवन व्यवस्थित नभएको हुँदा यस भेगका जन समुदायमा ज्यादै समस्यामा जेलिरहेको अध्ययनबाट देखिन्छ । हालसम्म पूजा अर्चना, जन्म, विवाह, मृत्यु संस्कार गर्न बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथमा धाउनु परेको ज्वलन्त उदाहरणहरु पाइन्छ । यस ठाउँबाट यी ठाउँहरु १० कि.मी. देखि १४ कि.मी. सम्म टाढा रहेको छ । यसको बाबजुत हामीले यस भेगमा सबैको हितको निम्ति गुम्वा, मन्दिर र किरियापुत्री भवन निर्माण गर्न सकिएमा पाँचदेखि सात हजार जनसङ्ख्यालाई सेवा पु¥याउन सकिन्छ । स्थानीय आँकडा  अनुसार यस क्षेत्रमा २९ सय जनामा भोटिङ राईटस् रहेको देखिन्छ । तर हाल यस क्षेत्रमा हावापानी चिसो वातावरणको कारणले दिन प्रतिदिन वर्साइ–साराई गर्न र नयाँ घर टहराहरु निर्माण हुने क्रम बढ्दो छ ।

२१ औँ शताव्दीको समयमा किन गुम्वा मन्दिर र किरियापुत्री भवनको आवश्यकता भयो भन्ने सवालमा जब विज्ञान टुङ्गिन्छ तब अध्यात्मवाद सुरु हुन्छ भन्ने नाराका साथ सुरुवात गरिएको हो । बौद्धशास्त्र अनुसार यो पृथ्वी/धर्तीमा बस्ने सबै समान छन् । हामी शून्यताबाट सुरुवात गरी शून्यतामा नै विलिन हुन्छौँ । माटो, ढुङ्गा, रुख, मानिस, जीव जनावर, किरा फट्याङ्ग्रा र पृथ्वीको पनि आयु हुन्छ भन्ने तथ्य दर्शाइएको छ । साथै हामी पञ्च तत्वमा विश्वास गर्छौ । मानिसको स्वभावमा जन्म हुँदाको बखत जुन तत्वको प्रभावमा जन्म हुन्छ, सोही अनुसारको स्वभाव, कर्म, व्यवहार देखाउने जस्ता तथ्यहरु देख्न पाइन्छ । तसर्थ बौद्ध दर्शन भनेको विज्ञानको पनि महाविज्ञान हो । जस्तै लङ्काका राजा रावणसँग पुष्पक विमान थियो । त्यो विमान स्वचालित थियो भन्ने कुरा धर्मशास्त्रमा पाइन्छ ।

यसरी यहाँ सबै जातजातिले वैदिक सनातनदेखि मान्दै जर्गेना गर्दै आईरहेको हिन्दू र बौद्ध धर्मको परम्परालाई एक–अर्कामा सद्भाव राख्दै सह–अस्तित्वको वातावरण सृजना गरी मानवीय कल्याणकारी भूमिका निर्वाह गर्न सबल, सक्षम, शान्ति कायम गर्दै अन्त्यमा वैदिक सनातन बौद्ध तथा हिन्दू धर्मलाई संरक्षण गर्नु यसको उपादेयता रहेको छ । व्यवहारमा गर्ने तरिका फरक भए तापनि पूर्वीय दर्शनको सिद्धान्त अनुसार यी दुई एक–अर्कामा पूरक हुन् । लामाहरु उत्तराखण्डबाट आएको रातो पहिरन लगाएको कल्याणमित्र हुन भने आर्यहरु दक्षिणखण्डबाट पहेंलो पहिरनका सजिएका कल्याणमित्र हुन् ।

हाल यस गुम्वा तथा मन्दिरको जग राख्ने कार्य २०७६ साल वैशाख २५ गतेबाट सुरुवात गरी करिव सम्पन्न हुन पाँच वर्ष लाग्ने अनुमान राखेका छाँै । तसर्थ सम्पूर्ण धर्मगण, उपासक, उपाशिकाहरुमा आ–आफ्नो स्वच्छा अनुसार नै गुम्वा, मन्दिर र किरियापुत्री भवन निर्माणमा सहयोग पु¥याउँन हार्दिक अनुरोध गर्दछौँ । साथै सम्बन्धित तारकेश्वर नगरपालिका वडापालिकाबाट पनि आ.व. ०७६/०७७ को बजेटबाट धर्म संस्कृति संरक्षण शीर्षकबाट अनुदान विनियोजन गरी दिनु भएमा आभारी हुने थियौँ ।

हाल यस गुम्वा तथा मन्दिर ५०/३० फिटको क्षेत्रफलमा निर्माणधिन छ । गुम्वाको दाहिने पट्टि सर्वकल्याणेश्वर मन्दिर, सरस्वती शिवलिङ्ग तथा विविध आवश्यकता अनुसार स्थापना गरिनेछ । यस गुम्वा तथा मन्दिरको पेरिफेरिमा करिव दुई रोपनी जग्गा छुट्याइएको छ । किरियापुत्री भवनको लागि चार आना जग्गा छुट्याइएको छ । यस गुम्वा तथा मन्दिर सञ्चालक समितिमा सात सदस्यीय १ प्रमुख लामा/धर्म प्रतिनिधि, १ प्रवक्ता र सात सदस्यीय सल्लाहकार समिति रहेको छ । हालसम्म स्थानीय सरकार तथा राज्यबाट कुनै आर्थिक स्रोत प्राप्त नभएको र धर्म संरक्षक उपासक, उपासिकाबाट स्वच्छाअनुुसार आर्थिक सहयोग जुटाउदै आइरहेको छ ।

लेखक थेरावाद, महायान बौद्ध दर्शन एवम् बौद्ध ज्योतिष विश्लेषक हुन् । तथा यस अभियानका धर्म प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार