यसरी मिल्याे नेकपामा जनवर्गीय संगठनको भागबण्डा, हेर्नुस् कुन संगठनको नेतृत्व कसलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको भागवण्डा एकीकरण टुंग्याएको छ । बिहिबार बसेको केन्द्रीय सचिवालयको बैठकले २२ जनवर्गीय संगठनको भागबन्डा टुङ्ग्याएको हो ।

जनवर्गीय संगठनको एकता गर्दा पूर्व एमाले र पूर्व माओवादीबीच नेतृत्व भागबण्डाकाका आधारमा भएको हो । पार्टीमा  प्रभावशाली मानिएका विद्यार्थी र युवा संगठन पूर्व एमाले र पूर्व माओवादीले बाँढेर लिएका छन् । सहमति अनुसार विद्यार्थी संगठनको नेतृत्व पूर्व एमालेले पाएको छ भने युवाको नेतृत्व पूर्व माओवादीले पाएको छ ।

त्यसैगरी मजदूर संगठनको नेतृत्व पूर्वएमाले र महिलाको नेतृत्व पूर्वमाओवादीले पाएको छ ।

एकीकृत अनेरास्ववियूको संयोजकमा ऐन महर, युवाको संयोजकमा रामप्रसाद सापकोटा दीपशीखा, महिलाको संयोजकमा अमृता थापामगर, प्रेस संगठनको संयोजकमा महेश्वर दाहाल, बुद्धिजीवीको संयोजकमा डा. दिनेशचन्द्र देवकोटा र  मजदूरको संयोजकमा विनोद श्रेष्ठ चयन भएका छन् ।

पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण घोषणा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार