भर्खरै भूकम्पको कडा धक्का महसुस

काठमाडौं । काठमाडौँमा भूकम्पको कडा धक्का दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो २ बजेर ८ मिनेटमा पाँच रेक्टर स्केलको भुकम्प गएको हो ।

धादिङको कुम्पुर क्षेत्रमा केन्द्रविन्दु बनाएर भुकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखा, धादिङ, नुवाकोट र काठमाडौँमा महसुस गरिएको थियो ।

यो धक्का २०७२ बैशाख कै विनाशकारी भूकम्पको पराकम्प रहेको भूकम्प मापन केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार