सडकमा ओर्लियो राष्ट्रिय स्वयंसेवक

काठमाडौं । मुलुकमा भैरहेको अनियमितता, भ्रष्टाचार लगायतका विकृती, विसङ्गतिका विरुद्ध राष्ट्रिय स्वयंसेवकले अभियान थालेको छ । शनिबार माछापोखरि चोकबाट अभियानको औपचारिक सुरुआत गरेको स्वयंसेवकले सडकका प्रत्येक चोकचोकबाट युवाहरु जाग्नुपर्ने  बताएको छ ।

स्वयंसेवकले देशैभर अभियान थाल्ने जनाएको छ । सरकारका राम्रा कामहरुलाई सघाउने तर गलत प्रवृत्तिको भण्डाफोर गर्ने उद्वेश्यसहित स्वयंसेवक सडकमा ओर्लिएको प्रवक्ता सफलता बोगटीले बताईन् ।

मुलुकलाई युवाशक्तिले मात्र सहि नेतृत्व दिनसक्ने भन्दै युवाहरु नै देशका कर्णधार रहेको बोगटीले बताईन् ।

काठमाडौंको माछापोखरी चोकको कोणसभामा बोल्दै राष्ट्रिय स्वयंसेवकका संयोजक श्रीराम घिमिरे, कोषाध्यक्ष गायत्री सापकोटा, उप संयोजक केशव उप्रेती, सचिव सुदिप गजुरेल, सह– कोषाध्यक्ष सरिता पण्डित, प्रबक्ता सफलता बोगटी, महासचिव पुरुषोत्तम गजुरेल, सचिव बिमल क्षेत्रीलगायतले जुनसुकै कुनामा रहेका युवाशक्तिहरुलाई सडकमा उत्रिन आव्हान गरेका छन् ।

अभियान अन्तर्गत हप्ताको एकदिन काठमाडौंको प्रत्येक चोकबाट युवालाई जगाउने र त्यसलाई देशब्यापी बनाउने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार