काउसिन्ल विधेयकका विरुद्ध पत्रकारहरुको रुवाबासी

काठमाडौँ । सदनमा प्रस्तुत मिडिया काउसिन्ल विधेयकका विरुद्ध पत्रकारहरुले रोएर विरोध जनाएका छन् ।

संसदमा पेस मिडिया बिधेयक हुबहु कानुन बनेर आएमा रुनुपर्ने दिन आउने भन्दै नेपाल प्रेस युनियन मोरङ जिल्ला समितिको नेतृत्वमा आन्दोलित पत्रकारहरुले रोएर सांकेतिक विरोध जनाएका हुन् ।

आन्दोलित पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरेका हुन् । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले बिधेयक पारित भएर कानुन बने स्वतन्त्र प्रेस जगतको खिल्लि उड्ने तर्क गरे । सरकारले राम्रा काम गर्न नसकेको भन्दै यसको विरोध गर्छन् भनेर प्रेसलाई ठिक पार्ने रणनीतिमा ओली नेतृत्वको सरकार रहेको उनले टिप्पणी गरे ।

रुवाबासी गर्दै एक घण्टा भएको बिरोध कार्यक्रममा उपाध्यक्ष घिमिरे, मोरङ अध्यक्ष कुमार लुँइटेल, पत्रकार अनन्तराज न्यौपानेलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार