राष्टपतिद्वारा पहिलो पटक विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं । प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाईएको राहदानी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छिन् । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न भन्दै भण्डारीले विधेयक फिर्ता पठाएकी हुन् ।

राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएको यो पहिलो पटक हो । यसअघि संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा तत्कालीन राजा वीरेन्द्र शाहले नागरिकता विधेयक फिर्ता पठाएका थिए ।

राहदानी विधेयकलाई राष्ट्रिय सभामा पेश नगरी राष्ट्रपतिकहाँ सिधै प्रमाणीकरणका लागि पठाएपछि विरोध भएको थियो ।

संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ ।

दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रोपटक पठाइएको विधेयकमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार