भारतीय आमचुनाव : चर्चित नेता कन्हैया कुमारको पराजय निश्चित

एजेन्सी । भारतीय लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदै गर्दा अधिकांश ठाउँमा सत्तारुढ गठबन्धनले अग्रता लिएको देखिन्छ ।

आज विहान सवा ८ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार चर्चित युवा नेता कन्हैया कुमार चुनावी भिडन्तमा कमजोर देखिएका छन् । बिहारको पछिल्लो मतपरिणामअनुसार भाजपा नेता गिरिराज सिंहले करिब ८७ हजार भोटले सीपीआई उम्मेदवार कन्हैया कुमारलाई पछाडि पारेका छन् ।

प्रतिस्पर्धा जोडदार हुने अनुमान गरिएपनि भाजपा नेता सिंह धेरै भोटले अगाडि देखिएका छन् । खबरहरुले जनाएअनुसार सिंहले जित्ने निश्चित छ । अन्य स्थानहरुमा पनि भाजपा अगाडि देखिएको छ । प्रारम्भिक परिणाम अनुसार पछिल्लो चुनावको परिणामलाई समेत उछिन्दै भाजपा अगाडि आउने देखिएको छ । उत्तर प्रदेश, गुजरात र राजस्थानमा पनि भाजपा एकदमै दरिलो देखिएको छ ।

बिहारमा कन्हैयाले उम्मेदवारी घोषणा गर्दा पुरै भारतको नजर तानिएको थियो । मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भैरहंदा समेत मानिसहरुको ध्यान झनै कन्हैयाको क्षेत्रमा तानिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार