भारतीय नक्कली नोट सहित युनुस अन्सारी पक्राउ

काठमाडौं । लाखौं‌ भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ परेका छन् ।

प्रहरीले दुईवटा ब्रिफकेसमा करोडौ भारतीय नक्कली नोटसहित अन्सारीलाइ पक्राउ गरेको हो । भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विदेशबाट आएका तीनजना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न जाँदा थप तीनजना नेपाली पक्राउ परेका हुन् ।

प्रहरीले बिशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए । पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो ।

अन्सारी ५ वर्ष अघि ललितपुरको नख्खिपोटबाट समातिएका थिए । उनलाई कारागारभित्रै गोली हानिएको थियो । उनी त्यस बेला सामान्य घाइते भएका थिए ।

पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार