राष्ट्रपति कार्यालयमा विप्लवका नेता विभूषित हुँदै

काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु सम्मानित हुने भएका छन् ।

सरकारले विप्लव पार्टीका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।

२०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित विश्वकर्मा पूर्वमन्त्री समेत हुन् । विप्लव पार्टीकै अर्का नेता सन्तोषकुमार बुढा मगर पनि संविधानसभा पदकबाट सम्मानित हुनेछन् । उनले २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनमा रोल्पा-२ बाट चुनाव जितेका थिए ।

यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याए बापत भन्दै संविधानसभाका सदस्यहरुलाई विभूषित गर्न लागेको हो  । विभूषण समारोह जेठ १६ गते राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार