बढ्यो बृद्ध भत्ता, जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र स्थापना हुने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गतको बृद्ध भत्ता बढाउने भएको छ । सरकारले वृद्धहरुलाई प्रतिमहिना दिँदै आएको २ हजार वृद्धभत्ता बढाएर ३ हजार पुर्याइएको हो ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री ड़ा. युवराज खतिवडाले जेष्ठ नागरिकलाई सम्मान र संरक्षण राज्यले गर्नुपर्छ भन्ने मान्यताको आधारमा वृद्ध भत्ता थप गरिएको जानकारी दिए ।

यसबाट करिव १३ लाख वृद्धहरु प्रत्यक्ष लाभान्वित हुने सरकारले जनाएको छ ।

त्यसैगरी बजेटमा शारीरिक रुपमा अशक्त एकल महिला, आदिवासी, जनजाति समेतलाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ता एक हजार बढाइएको छ । अर्थमन्त्री खतिवडाले उनीहरुको जीवन यापनमा थप सहजता ल्याउन सो भत्ता पनि थप गरिएको बताए ।

बजेटमा वृद्धहरुको सम्मान र संरक्षणका लागि सबै स्थानीय तहमा ‘जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र’ स्थापना गर्ने व्यवस्था पनि मिलाइएको छ । अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिकहरुलाई एक लाखको स्वास्थ्य विमा गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार