अन्ततः सांसदहरुले पाए ६ करोड

काठमाडौं । सरकारले सांसदहरुलाई ६ करोड दिने भएको छ । त्यसका लागि ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै डा. अर्थमन्त्री युवराज खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड विनियोजन गरेको जानकारी दिए  ।

यस अघिको बजेटमा ४ करोडका दरले बजेट दिइएको थियो । सांसदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड रकम माग गर्दै आएका थिए ।

सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार