रेल र पानीजहाजका लागि सबैभन्दा ठूलो रकम

काठमाडौं । सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री ड़ा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिए ।

बजेटमा एउटै कार्यक्रमलाई छुट्याइएको यो सबैभन्दा ठूलो रकम हो ।

यस्तै सरकारले राजधानीमा मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार