रसुवा सुमो दुर्घटना : आठ घाइते, तीन बेपत्ता

रसुवा । रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डअन्तर्गत गुम्चेतमा टाटासुमो दुर्घटना भएको छ

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको सिमानामा पर्ने गुम्चेतमा सोमबार भएको उक्त दुर्घटनामा परि ८ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएका छन् 

घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट ल्याईएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता ३ जनाको खोजि भैरहेको छ ।

घाईतेमध्ये चालक रसुवाकाे आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङका निमा कामी तामाङकाे मात्रै पहिचान भएको प्रहरीले जनाएको छ ।

पोखराबाट गोल्जुङतर्फ जादै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमोमा चालकसहित ११ जना सवार थिए । सुमो सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुली खोलामा खसेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार