नेकपा रसुवाले गर्यो गाउँ संसदीय दल गठन, हेर्नुस को भए दलका नेता

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले उत्तरगया गाउँपालिकामा संसदीय दल गठन गरेको छ ।

नेकपाले गाउँ कार्यपालिकाको संसदीय दल गठन गरि दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको सो पार्टीले जनाएको छ ।

दलको नेतामा गाउँपालिका उपप्रमुख चमेली गुरुङ चयन भएकी छन् । उपनेतामा वडा नं ४ का वडाध्यक्ष केशर बहादुर बुलुन चयन भएका छन् ।

त्यस्तै संसदीय दलको प्रमुख सचेतकमा वडा नम्बर तीनका वडाध्यक्ष लालबहादुर तामाङ र सचेतकमा वडा नम्बर ५ का दयाराम आचार्य छानिएका छन् ।

बुधबार बसेको नेकपा रसुवाको बैठकले संसदीय दल गठन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार