घट्यो पेट्रोलको मूल्य, हेर्नुस् नयाँ मूल्य

काठमाड । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ ।

यसअघि निगमले सरकारले बजेटमा सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटिर थप १ रुपैयाँ लिने घोषणा गरेपछि निगमले रातारात मूल्य वृद्धि गरेको थियो ।

निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत राखेका छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार