नेकपा बैठक : जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न सकेन

काठमाडौं । बुधबार बसको नेकपा सचिवालय बैठक सकिएको छ । मंगलबारको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नसकेपछि बुधबारका लागि बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकले समेत जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्न नसकेको हो ।

सचिवालयको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘छलफल राम्रो भयो । तर, प्रधानमन्त्रीे अर्को कार्यक्रममा जानुपर्ने भएकाले निर्णयमा पुग्न सकिएन’, प्रवक्ता श्रेष्ठले भने, ‘भोलि बिहान ९ बजे पुनः बैठक बस्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार