राजतन्त्र चाहियो भन्नेहरु मुर्ख हुन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रको पक्षमा लाग्नेहरुलाई मुर्खको संज्ञा दिएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै उनले २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउनेहरु नै फेरि राजतन्त्र चाहियो भनेर मुर्खतापूर्ण अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनीहरुलाई मुर्खको संज्ञा दिएका हुन् ।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे । प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि चेतावनी दिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न प्रधानमन्त्रीले चेतावनी दिए । प्रधानमन्त्री ओलीले सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको पनि बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिए ।

प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार