लुटेरालाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोलि

काठमाडौं । प्रहरीले  बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ लामालाई पक्राउ गर्न गोली चलाएको हो ।

पाँचथर फिदिमका लामालाई शुक्रबार दिउँसो दुई राउण्ड गोली हानी नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न तामाङलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार