विवाह गर्दै चर्चित नायिका रेखा थापा

काठमाडौँ । रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् ।

कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केही वर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो ।

अहिले रेखालाई विवाह केहिले गर्ने ? बच्चा कहिले जन्माउने ? भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ । उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् ।

उनले फ्यानलाई ‘डन्ट वरी म विवाह गर्छु’ भनेकी छिन् । यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो ।

रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् । उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् । उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन । रेखाले प्रेमलाई फेक भनेकी छिन् । तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार