विपन्न तथा एकल महिलाहरुलाई कृषि सामग्री वितरण

रसुवा । महिला मुक्ति तथा सचेतना समाज रसुवाले नौकुण्ड गाउँपालिका वडा नं. ४ का ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई सत्र हजार बराबरको कृषि सामग्री वितरण गरेको छ ।

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गतेदेखि १४ गतेसम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगितासम्बन्धी तालिम प्रदान गरिएको थियो ।

वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप, हजारी, प्रिङ कल, थोपा सिञ्चाई, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारिक मल, सुतली डोरी, सेतो प्लाष्टिक, ड्रम, कोको फिट, नर्सरी ट्रेका साथसाथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको थियो ।

पहिला तालिम र यस पश्चात् वितरण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीवनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उप प्रमुख सिर्जना लामाले बताइन् ।

यस अघि विभिन्न संधसंस्थाले तालिम दिए तापनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारतः लागू गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवहारतः लागू गरी व्यवसायी बन्न र आफ्नो जीवनस्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अतिविपन्न महिला बुधमाया थिङले बताईन ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत आयोजित सो कार्याक्रमका नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा, वडाध्यक्ष शुक्रमान पाख्रिन लगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार