नेकपा रसुवाले माग गरेको नौकुण्ड खानेपानी आयोजना संघीय सरकारले बनाउँछ : अर्थमन्त्री खतिवडा

रसुवा । दुई दिने भ्रमणका लागि रसुवा आएका संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले नेकपा रसुवाको मागबमोजिम नौकुण्ड खानेपानी आयोजना संघीय सरकारले बनाउने बताएका छन् ।

मन्त्री खतिवडाले शुक्रबार एकीकृत भन्सार कार्यालयको रसुवागढीमा शिलन्यास गर्दै भने रसुवागढी नाका देशकै आर्थिक मेरुदण्ड हो । गल्छी–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक आयोजना समयमा नै सम्पन्न भएपछि केरुङ–काठमाडौँ व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गर्दै उनले निर्यात व्यापारमा जोड दिएर व्यापार घाटा कम गर्ने योजनामा सरकार लागेको बताए ।

बेत्रावती–स्याफ्रुबेंशी सुरुङमार्गको सम्भाव्यता अध्ययन आउँदो आर्थिक वर्षबाट सुरु गरिने बताएका मन्त्री खतिवडाले रसुवाको अर्को सम्भावना जलविद्युत रहेको छ भन्दै प्रारम्भिक शेयर आवदेन गर्दा विपन्न वर्ग कर्जा लिन मिल्ले राष्ट्र बैंकको नियमको भरपुर सदुपयोग गरी समृद्ध हुन सकिने समेत बताए ।

शनिवार जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टको अध्यक्षतामा भएको जनप्रतिनिधि र कार्यालय प्रमखहरुको बैठकमा मन्त्री खतिवडाले “रसुवामा सत्तरी प्रतिशत जनतामा खानेपानी समस्या भएको भन्दै नेकपा रसुवाले अर्थमन्त्रालयसँग गरेको मागलाई सम्बोधन गर्न मन्त्रालयले नौकुण्ड खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताए ।”  यस वर्ष यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइरहेकाे छ । आगामी वर्षकाे लागि केही बजेट विनियाेजन गरिएको छ भने क्रमागत रुपमा दुई वर्षभित्र याे आयोजना सम्पन्न गरिनेछ ।

साथै उनले भने “हामीले बेत्रावती कालिकास्थान स्याफ्रुबेंशी सडक स्तरोन्नतीको लागि पनि आवश्यक पहल सुरु गरेका छौँ । यसले यहाँ पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।” यस कार्यक्रमा संविधानसभा सदस्य छेवाङ तेन्जेन तामाङ र सांसद नारायाण खतिवडाको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार