गुठी विधेयक सच्चाउन सरकार तयार छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउन सकिने बताएका छन् । साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विधेयकका कारण धर्म संस्कृतिमा असर परेको छ भने सरकारले सच्याउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको भए सरकारले सच्याउने बताएका हुन् । उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह पनि गरे ।

गत जेठ २५ गते युरोप गएका ओली कतार एयरवेजको विमानबाट काठमाडौं एयरपोर्टमा आइपुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार