भूपु विद्यार्थीहरुको पहलमा शैक्षिक सामाग्री वितरण

नुवाकोट । नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सामर्थ्य नेपाल नुवाकोट र समृद्ध नुवाकोटले संयुक्त रुपमा शुक्रवार उक्त विद्यालयमा अध्ययनरत १६ जना अनाथ छात्रछात्रा तथा १ जना वर्ष उत्कृष्ट विद्यार्थीसहित १७ जनालाई स्कुल ब्याग, जुत्ता, कापीकलम, ज्यामिती बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत बाँकी ८० जना छात्रछात्रालाई समेत प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बाडिएको छ । सोही विद्यालयमा अध्ययन गरेका भुपु विद्यार्थीहरु भुवन प्रसाद प्याकुरेल, धुव्र कोईराला, सनम न्यौपानेको पहलमा उठेको सहयोग रकमबाट उक्त शैक्षिक सामाग्रीहरु वितरण गरिएको जनाईएको छ ।

गरिब, जेहन्दार, अनाथ छात्रछात्रालाई अध्ययनमा सहयोगस्वरुप गरिदै आएको सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार