काठमाडौंमा घर बनाउने योजनामा हुनुहुन्छ ? हेर्नुस् साढे २ तले घर बनाउन कति लाग्छ खर्च ?

काठमाडौँ । तपाई काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ ? कति छ तपाईसंग पैसा ? कति लाग्छ खर्च ? उपत्यकामा साढे २२ सय स्वायकर फिटको साढे २ तले घर बनाउने हो भने करिब ७० लाख रुपैयाँ खर्च लाग्ने इन्जिनियरहरु बताउँछन् ।

इन्जिनियरहरुका अनुसार उपत्यकामा एउटा घर बनाउन कम्तिमा पनि ६५ लाख र बढीमा ७० लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । काठमाडौं उपत्यकामा नै आवाशीय घर बनाइरहेका ठेकेदारहरुका अनुसार ७० लाख रुपैयाँको हाराहारीमा काठमाडौंमा साढे २ तले घर बनाउन सकिन्छ ।

घर बनाउने ठाउँ, प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर जस्ता बस्तुको प्रयोगले मूल्यमा केही तलमाथि पार्न सक्छ । यस्तै घरको क्षेत्रफल तथा जग्गाको बनोटको हिसावले पनि मूल्य कम वा बढी हुन सक्छ ।

केकेमा कति लाग्छ त खर्च ?

गिट्टी : ८ टिपर – प्रतिटिपर ३६ हजार रुपैयाँका दरले २ लाख ८८ हजार रुपैयाँ ।

सिमेन्ट : ११०० बोरा – प्रतिबोरा औसत ८ सय रुपैयाँका दरले ८ लाख ८० हजार रुपैयाँ ।

बालुवा : १३ टिपर – प्रतिटिपर २७ हजार रुपैयाँका दरले ३ लाख ५१ हजार रुपैयाँ ।

इट्टा : ५० हजार पिस – प्रतिपिस १७ रुपैयाँका दरले ८ लाख ५० हजार रुपैयाँ ।

छड : १३ टन – प्रतिकेजी ८७ रुपैयाँका दरले ११ लाख ३१ हजार रुपैयाँ ।

प्लम्बिङ (ज्याला सहित) : करिब ४ लाख रुपैयाँ ।

काठका चौकोस र ढोकाहरु : करिब ३ लाख रुपैयाँ ।

आल्मुनियमका झ्यालहरु : करिब २ लाख रुपैयाँ ।

झ्यालहरुमा हाल्ने डन्डी : करिब ३ लाख ५० हजार रुपैयाँ ।

धारा, चुकुल, ताल्चा लगायत :  करिब २ लाख ५० हजार रुपैयाँ ।

रङ : करिब ३ लाख रुपैयाँ ।

किचन, बाथरुमको मार्वल : तीन वटा बाथरुम र दुई वटा किचनको लागि करिब २ लाख ५० हजार रुपैयाँ ।

घर बनाएको ज्याला : करिब १३ लाख ५० हजार रुपैयाँ ।

बिद्युत सम्बन्धी सामाग्री (ज्याला सहित) : करिब २ लाख रुपैयाँ ।

नक्सा डिजाइन : करिब ६० हजार रुपैयाँ ।

नगरपालिका खर्च : करिब ६० हजार रुपैयाँ ।

इनार बनाउन : करिब ५० हजार रुपैयाँ ।

अन्य छिटफुट खर्च : ३ लाख रुपैयाँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार