ठेकेदारको लापर्वाहीका कारण काम अगाडी बढेन : सांसद् तामाङ

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हितबहादुर तामाङले काठमाडौँदेखि नुवाकोट हुँदै रसुवा जोड्ने सडकको अवस्था अत्यन्त नाजुक भएको भन्दै तत्काल काम अगाडी बढाउन माग गरेका छन् ।

विहिबार बसेको व्यवस्थापिका संसद् बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले सडक स्तरोउन्नतिको काममा ढिलासुस्ति हुँदा रसुवा र नुवाकोट जिल्लाका नागरिकले अनावश्यक दुख पाएको भन्दै तत्काल काम अगाडी बढाउन आग्रह गरे ।

सांसद तामाङले राज्य, ठेकेदार कम्पनि र सम्बन्धित निकायको कमजोरीका कारण बालाजु-रानीपौवा-त्रिशुली सडक र टोखा-गुर्जेभञ्ज्याङ -छहरे सडकको काम अलपत्र परेको बताए ।

ठेकेदार कम्पनीको चरम लापर्वाहीका कारण लामो समय बितिसक्दा समेत बालाजु-रानीपौवा-त्रिशुली सडकखण्डको स्तरोउन्नतिको काम सम्पन्न हुन् नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

टोखा-छहरे-त्रिशुली सडकको अवस्था झन् नाजुक रहेको भन्दै उनले भने, ‘कुनैबेला राष्ट्रिय चर्चा नै पाएको टोखा-गुर्जेभञ्ज्याङ-छहरे सडक खण्डको झोरदेखि काठमाडौँसम्मको खण्ड अत्यन्त दुरावस्था छ, विगतदेखि नै निर्माण कार्य जुन गतिमा हुनुपर्थ्यो त्यसो हुन् सकेन, जसका कारण रसुवा नुवाकोटका जनताले अनाहकमा दुख पाइरहेका छन् ।’

गुर्जेभञ्ज्याङदेखि छहरेसम्मको खण्ड झन् दयनीय अवस्थामा रहेको सांसद तामाङ बताए । सो खण्डको स्तरोन्नतिका लागि अर्थमन्त्रीसंग बिशेष आग्रह गरेर तीन करोड बजेट निकासा गर्ने व्यवस्था मिलाएको भए पनि कर्मचारीको ढिलासुस्तिका कारण बजेट निकासा नभएको  उनको भनाइ थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार